काठमाडौं । रसुवागढी नाका क्षेत्रमा बाढीले क्षति पु¥याएको भौतिक संरचनाको पुनर्निर्माणमा चीन सरकारले सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन सियाओदोङ्गले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने बताएका हुन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार अध्यक्ष चेनले रसुवागढी भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने समेत जानकारी दिए ।

advertisement

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाको पुनर्निर्माणप्रति देखाएको प्रतिबद्धताका लागि चिनियाँ पक्षप्रति आभार व्यत्तः गरे ।

यसैबीच, बाढीले क्षति गरेको १२ दिनपछि स्याफ्रुबेंसी–रसुवागढी सडक एकतर्फी सञ्चालनमा आएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले विभिन्न ठाउँमा कटान गर्दा स्याफ्रुबँेसी–रसुवागढी सडक बन्द भएको थियो ।

झन्डै एक किलोमिटर सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किलोमिटर सडकमा आवतजावत ठप्प भएको थियो । सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार साना सवारीसाधनको आवतजावत सुरु भएको छ ।

 

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com