काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ ।

यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपियाँ र आँधीखोला कृषि उद्यम सहकारी संस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार छ सय रुपियाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान दिएको हो । पशुसेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रूपेश श्रेष्ठले कार्यालयले निकालेको सूचनामा माग भएका तीनमध्ये दुई वटा छनोट गरी अनुदान दिएको जानकारी दिए ।

advertisement

यस्तै कार्यालयले भिरकोट सहकारीलाई ७५ प्रतिशत अनुदानमा एक लाख एक हजार रुपियाँको मिल्क एनोलाइजर प्रदान गरेको छ । यस्तै विज्ञ केन्द्र स्याङ्जाले चापाकोट–९ को केलादी दुग्ध उत्पादक समूहलाई नयाँ गोठ निर्माणमा नौ वटाको छ लाख ९६ हजार ५१८ रुपियाँ, १० वटा भकारो सुधारका लागि तीन लाख ४५ हजार छ सय रुपियाँ, ८१ हजारको राँगो, १३ वटा च्याफ कटरको तीन लाख ३१ हजार पाँच सय रुपियाँ, डेरी उपकरण खरिदको एक लाख ४९ हजार ७४० लगायत १६ लाख ३९ हजार ९५३ रुपियाँ बराबरको अनुदान दिएको श्रेष्ठको भनाइ छ । यस्तै विज्ञ केन्द्रले चापाकोट–९ को सिद्धबाबा एग्रो फार्म एन्ड सिचर्स सेन्टर प्रालिलाई ९५ लाख पाँच प्रतिशत अनुदानमा कृषि ऋण दिएको हो । केन्द्रले आर्थिक वर्ष २०८१र८२ मा चार करोड ५४ लाख चालु र ७० लाख पुँजीगत बजेटमध्ये ८२।६३ प्रतिशत खर्च गरेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com