काठमाडाैं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्यानमाथि गम्भीर खतरा देखिएको एक गुप्तचर रिपोर्टले उल्लेख गरेको छ। इरानी धर्मगुरुहरूको आह्वानमा ट्रम्पको हत्या गर्न भीडबाट रकम सङ्कलन (क्राउड फन्डिङ) हुँदै आएको र हालसम्म झण्डै ४ करोड अमेरिकी डलर बराबरको रकम उठिसकेको बताइएको छ।

यस अभियानमा ‘ब्लड कोभेनन्ट’ नामक समूह सक्रिय रहेको जनाइएको छ। यस समूहले इरानी धार्मिक अगुवाहरूको फतवाका आधारमा ट्रम्पको विरुद्ध हत्या योजना अघि बढाएको हो। कम्तीमा एक दर्जनभन्दा बढी धर्मगुरुहरूले यस अभियानलाई समर्थन गरिरहेको रिपोर्टमा उल्लेख छ।

advertisement

गुप्तचर निकायका अनुसार सङ्कलित रकम कसको नियन्त्रणमा छ भन्ने बारेमा भने यकिन विवरण प्राप्त भएको छैन। त्यस्तै, उक्त हत्या योजना कुनै आतङ्ककारी समूहमार्फत कार्यान्वयन गरिने हो वा होइन भन्नेबारे पनि अस्पष्टता छ।

यसैबीच, इरानको छिमेकी मुलुक अजरबैजानको पश्चिमी भागमा कार्यरत एक वरिष्ठ धर्मगुरुले ट्रम्पको हत्या गर्ने व्यक्तिलाई १०० अर्ब तोमन (झण्डै १५ लाख अमेरिकी डलर) को इनाम दिने घोषणा गरेका छन्। ती धर्मगुरु इरानी सरकारद्वारा नियुक्त भएको गुप्तचर प्रतिवेदनमा जनाइएको छ।

इरान–इजरायल तनावका सन्दर्भमा ट्रम्पले आफूले युद्ध रोक्न भूमिका खेलेको दाबी गरे तापनि इरानका धेरै जनताले उनलाई नै पछिल्लो अस्थिरताको प्रमुख कारण मानेका छन्। त्यसैले पनि उनीविरुद्ध यस्तो योजनाको चर्चा चुलिएको हो।

उक्त सम्भावित खतराका कारण अमेरिकी सुरक्षा एजेन्सीहरूले राष्ट्रपति ट्रम्पको सुरक्षा कडा बनाएका छन्। विशेषगरी विदेश भ्रमण वा सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनको सुरक्षामा उच्च सतर्कता अपनाइएको जनाइएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com