काठमाडाैं । इजरायली सेनाले गाजा क्षेत्रमा गराएको ताजा हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन्। आक्रमण गाजाको अल बुरेज शरणार्थी शिविर, राफाह सहर तथा गाजा सहरका विभिन्न बस्तीमा केन्द्रित भएको बताइएको छ।

स्थानीय र चिकित्सकीय स्रोतका अनुसार, गाजा सहरको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक आवासीय घरमा इजरायली लडाकु विमानले आक्रमण गर्दा एउटै परिवारका सदस्यसहित ६ जना बालबालिकाको मृत्यु भएको हो। यस आक्रमणमा अन्य कैयौँ व्यक्ति पनि घाइते भएका छन्।

advertisement

स्थानीय स्रोतका अनुसार, बमबारीलगत्तै घटनास्थलमा उद्धारका लागि पुगेको एम्बुलेन्समा समेत विस्फोटको असर परेको थियो, जसका कारण थप नागरिक आक्रमणको चपेटामा परेका थिए।

यसैगरी, गाजा सहरको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल जायतुनस्थित सालाह अल दिन मस्जिदको पछाडिपट्टिको एक घरमा इजरायली सेनाले गराएको अर्को हवाई आक्रमणमा पनि थुप्रै नागरिक घाइते भएको पुष्टि भएको छ।

गाजा क्षेत्रमा लगातार भइरहेका यस्ता आक्रमणका कारण सर्वसाधारणमा त्रास फैलिएको छ। मानवअधिकार समूहहरूले युद्धविरामको आह्वान गर्दै नागरिक लक्षित आक्रमण बन्द गर्न इजरायललाई आग्रह गरेका छन्।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com