काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.७६ अंकले उकालो लागेर २९८२.६४ विन्दुमा पुगेको छ।
सेयर बजारसँगै कारोबार रकममा समेत सुधार देखिएको छ। बिहीबार कुल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। यस अवधिमा ३ करोड ८९ लाख ६२ हजार कित्ता सेयर*किनबेच भएको नेप्सेले जनाएको छ।
बजार बन्द हुँदासम्म १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको हो। कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन। कुल ३२८ कम्पनीको सेयर कारोबारमा आउँदा १ लाख ५४ हजार ६४२ पटक** सेयर किनबेच भएको थियो।
सूचीकृत १३ समूहमध्ये ६ समूहको सूचक बढेको छ भने ७ समूह घटेको छ। सबैभन्दा धेरै हाइड्रोपावर समूहमा वृद्धि देखिएको छ भने सबैभन्दा कम वृद्धि म्युचुअल फन्ड समूहमा भएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया