काठमाडाैं । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश भ्रमणमा लागेको खर्चबारे संसदमा विस्तृत जानकारी दिएको छ।

बिहीबार राज्यसभामा तृणमूल कांग्रेसका सांसद डेरेक ओब्रायनको प्रश्नको लिखित जवाफ दिँदै मन्त्रालयले २०२५ को अहिलेसम्मको अवधिमा मात्र प्रधानमन्त्री मोदीका पाँच देश भ्रमणमा ६७ करोड भारतीय रुपैयाँभन्दा बढी खर्च भएको जनाएको हो।

advertisement

यसअघि सन् २०२१ देखि २०२४ सम्मको चार वर्षको अवधिमा मोदीका विदेश यात्रामा २९५ करोड रुपैयाँभन्दा बढी खर्च भएको मन्त्रालयले जनाएको छ। यसअनुसार, २०२१ यताकै कुल विदेश भ्रमण खर्च ३६२ करोड भारु पुगेको छ।

२०२५ मा हालसम्म प्रधानमन्त्री मोदीले फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरेबिया भ्रमण गरिसकेका छन्। यिनै भ्रमणमा ६७ करोड रुपैयाँ खर्च भइसकेको विवरण सार्वजनिक गरिएको हो।

विदेश मन्त्रालयका अनुसार मोदीले भ्रमण गरेको अन्य नौ देशका भ्रमण खर्चको विवरण भने अझै प्रशोधन भइरहेको छ र त्यसको विवरण पछि आउनेछ।

संसदमा प्रस्तुत यो जानकारीपछि प्रधानमन्त्रीको विदेश भ्रमणबारे फेरि बहस सुरु भएको छ। विपक्षी दलहरूले खर्चको पारदर्शिता र प्राथमिकताबारे प्रश्न उठाउने सम्भावना बढेको देखिन्छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com