काठमाडौं । थाइल्यान्डसँग सीमा तनाव उत्कर्षमा पुगेका बेला कम्बोडियाले युद्धविरामको स्पष्ट माग गरेको छ। पछिल्ला दुई दिनदेखि जारी सीमापार झडपबीच कम्बोडियाले कुनै पूर्वशर्तबिना द्वन्द्व अन्त्यको अपिल गरेको हो।

संयुक्त राष्ट्रसंघका लागि कम्बोडियाका स्थायी प्रतिनिधि छिया केओले आफ्नो देश शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताए। उनले द्वन्द्व चाँडो सकियोस् भन्ने चाहना व्यक्त गर्दै युद्ध रोक्न कुनै सर्त नराखिएको प्रष्ट पारे।

advertisement

तर, थाइल्यान्डले भने अहिलेसम्म कम्बोडियाको प्रस्तावमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि थाइल्यान्डले सीमावर्ती आठ जिल्लामा मार्शल ल (सैन्य नियन्त्रण) घोषणा गर्दै सुरक्षा सतर्कता कडा बनाएको थियो।

बिहीबारदेखि सुरु भएको सीमावर्ती झडपमा अहिलेसम्म कम्तीमा १६ जनाको ज्यान गइसकेको छ। मृतकमध्ये दुबै देशका सैनिक र सर्वसाधारण छन्। त्यस्तै, झडपका कारण १० हजारभन्दा बढी नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।

थाइल्यान्ड र कम्बोडियाले एकअर्कामाथि गोलीबारी सुरु गरेको आरोप लगाइरहेका छन्। दुबै देशका नेतृत्वले संवादको सट्टा दोषारोपणलाई प्राथमिकता दिँदा झडप चर्किने जोखिम बढिरहेको छ। क्षेत्रीय स्थायित्वका लागि यथाशक्य चाँडो वार्ता आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले औंल्याउँदै आएको छ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com