काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले झण्डै एक वर्षपछि पुनः ३ हजारको विन्दु पार गरेको छ।
साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको केही मिनेटमै नेप्सेले ३ हजारको मनोवैज्ञानिक सीमारेखा पार गरेको हो। बजार खुलेको मात्र ६ मिनेटमा परिसूचक ३००२ विन्दुमा पुगेको नेप्सेले जनाएको छ।
नेप्सेले यसअघि गत वर्ष साउन ३१ गते ३०००.१ बिन्दु छोएको थियो। त्यसयता पहिलोपटक आइतबार परिसूचक पुनः ३ हजार माथि पुगेको हो।
यो वृद्धि लगानीकर्तामा बढ्दो उत्साह र बजारमा सकारात्मक संकेतको रूपमा हेरिएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया