काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै आयोगमै उजुरी दर्ता गरिएको छ।
युवराज पौडेल (सफल)ले आइतबार राईविरुद्ध उजुरी दर्ता गराएका हुन्। उजुरी अख्तियारकै केन्द्रीय कार्यालयमा दर्ता भएको स्रोतले जनाएको छ।
पौडेलले दर्ता गराएको उजुरीमा राईलाई वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा घोटाला र नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता मुद्दामा संलग्न भएको आरोप लगाउँदै छानबिन गरी आवश्यक कारबाहीको माग गरिएको छ।
आयोग प्रमुखमाथि स्वयं आयोगमै उजुरी परेको यो घटनाले चर्चा पाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया