सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट आफ्नो बासस्थान छाडेर पोखरा आइपुगेकी उर्मिला हायू र उनका परिवारका सदस्यहरूबारे प्रहरीले अनुसन्धान थालेको छ ।

उनीहरू सोमबार साँझ पोखरा महानगरपालिका–३०, गगनगौडामा भेटिएका हुन् । उर्मिला सहित परिवारका १६ जना गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसिरहेको अवस्थामा फेला परेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।

advertisement

प्रहरीले स्थानीय जनप्रतिनिधि र आफन्तहरूको रोहबरमा उनीहरूलाई सामान्य सोधपुछ गरी त्यहीँ बस्न दिइएको बताइएको छ । “उनीहरू आफैँले कोठा खोजेर बसेका रहेछन्,” प्रमुख विकले भने, “हामीले सामान्य रूपमा सोधपुछ गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।”

प्रारम्भिक जानकारी अनुसार, घरमा बारम्बार बिरामी पर्ने, केटाकेटी अस्वस्थ हुने, धामीले पनि त्यहाँ नबस्न सुझाव दिएपछि उनीहरूले गाउँ छाडेको बताएका छन् ।

प्रहरीले घटनाको विस्तृत पृष्ठभूमि पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com