एज‍ेन्सी । दक्षिण-पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्‍याएको बताएका छन्।

यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरी आठ पटक आक्रमण गरेका गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जेलमा ‘जानाजानी आक्रमण’ गरिएको भन्दै निन्दा गरेका छन् । उनले रुसलाई युक्रेनीहरूको हत्या गरेको आरोप लगाएका छन्।

advertisement

जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रहरू मध्ये एक हो । जसलाई रूसले २०२२ सम्ममा गाभ्ने दाबी गरेको थियो। यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनी नियन्त्रणमा छ।

युक्रेनको न्याय मन्त्रालयले जेलमा चारवटा बम विस्फोट भएको र त्यसबाट भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त भएको बताएको छ। मन्त्रालयले आक्रमणमा मारिएका र घाइते भएका सबै कैदी भएको बताएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com