काठमाडाैं । दाङको देउखुरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। राप्ती गाउँपालिका–६ पत्थरगढवा निवासी २२ वर्षीय अयोध्या चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब १२ बजेतिर लमही नगरपालिका–२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक चौधरी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा लमही अस्पतालमा उपचारका लागि पुर्याइएका चौधरीको उपचारको क्रममा निधन भएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमै राखिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया