काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) ले आफूविरुद्ध बलात्कारको जाहेरी दिने युवतीविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनेफिट) सम्बन्धी मुद्दा दायर गरेका छन्।

पीडित युवतीले २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरमा आफू बलात्कृत भएको भन्दै जाहेरी दिएकी थिइन्। सो घटनाको अनुसन्धानपछि अहिराजलाई पक्राउ गरिएकै हो।

तर हाल अहिराजले उल्टै ती युवतीले आफूलाई बदनाम गर्ने धम्की दिँदै २० लाख रुपैयाँ मागेको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन्। काठमाडौं जिल्ला अदालतमा बुधबार (आज) ती युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो।

घटनाको सत्यतथ्यबारे हाल प्रहरी र अदालत दुवैमा छुट्टाछुट्टै अनुसन्धान अघि बढिरहेको छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com