काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालयहरूको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् ।

कार्यविधिले मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूको आर्थिक कारोबार तथा वित्तीय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । साथै, मन्त्रालयमा आर्थिक मितव्ययिता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

advertisement

बजेट तर्जुमा, रकमान्तर प्रक्रिया, खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, अन्र्तसम्बन्ध तथा पारदर्शीता जस्ता विषयलाई कार्यविधिले समेटेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

कार्यविधिले मन्त्रालयको आन्तरिक कार्यसम्पादन तथा अभिलेख प्रक्रियालाई प्रभावकारी बनाउने र कर्मचारीहरुलाई यसमा थप जिम्मेवार बनाउने समेत लक्ष्य राखेको छ ।

कार्यविधिले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान दिनुपर्ने आधारहरू प्रष्ट गरेको छ । रकमान्तर गर्दा ख्याल गर्नुपर्ने विषयलाई समेत कार्यविधिमा थप प्रष्ट पार्ने प्रयास गरिएको छ ।

कार्यविधिले मन्त्रालय तथा मातहतका कार्यालयहरूमा देखिएको बेरुजु समस्या सम्बोधनमा समेत विशेष मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com