काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले एक महिनासम्म सञ्चालन हुने ‘बृहत् रक्तदान अभियान’को शुभारम्भ गरेको छ। संघको केन्द्रीय कमिटीको आयोजनामा सुरु भएको अभियान अन्तर्गत सोमबार काठमाडौंमा पहिलो चरणको रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

शुभारम्भ कार्यक्रममा सहभागीहरूले रक्तदान फारम भरेर सहभागिता जनाए भने थुप्रै स्वयंसेवकहरू रक्तदानमा सक्रिय देखिए। कार्यक्रममा महिलाको उपस्थिति उल्लेखनीय रह्यो। रक्तदानसँगै संघले फलफूल वितरण र स्वास्थ्य चेतना सम्बन्धी क्रियाकलापसमेत सञ्चालन गर्‍यो।

advertisement

रक्तदान अभियान एक महिनासम्म देशभर विभिन्न चरणमा सञ्चालन हुनेछ। प्रत्येक प्रदेश र जिल्लामा स्वयंस्फूर्त सहभागिता सुनिश्चित गर्न संघले स्थानीय संरचनालाई सक्रिय बनाउने योजना बनाएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com