काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित नेभल एयर स्टेशन लेमूर नजिकै एक एफ–३५ लडाकु विमान दुर्घटनामा परेको छ।
दुर्घटनापछि अमेरिकी नौसेनाका अधिकारीहरूले पाइलट समयमै विमानबाट बाहिर निस्कन सफल भएको जानकारी दिएका छन्। पाइलट सुरक्षित रहेको र अन्य कुनै पनि व्यक्ति वा संरचनामा क्षति नभएको नेभल एयर स्टेशनले पुष्टि गरेको छ।
घटनाबारे एक आधिकारिक विज्ञप्ति जारी गर्दै नेभल एयर स्टेशन लेमूरले दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जनाएको छ।
एफ–३५ लडाकु विमान उत्पादन गर्ने अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले भने यो घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ भने अनुसन्धानपछि मात्र स्पष्ट कारण खुल्ने बताइएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया