बुटवल। बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको बर्दघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन्।
लु २ ख ६५७ नम्बरको बस बुटवलबाट नारायणगढतर्फ जाँदै गर्दा बर्दघाट नगरपालिका–५ स्थित शान्तिनगर चोक नजिक दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ।
जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार, दुर्घटनामा परी मृत्यु हुने एक पुरुषको सनाखत अझै भएको छैन।
घाइतेमध्ये १२ जनाको उद्धार गरी थप उपचारका लागि रुपन्देही पठाइएको र बाँकी एक जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको जानकारी डीएसपी पन्तले दिएका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया