काठमाडौं । अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्न पाउने भएका छन्। संघीय संसदले पारित गरेको कानुनी संशोधनपछि मन्त्रिपरिषद्लाई प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको तलब निर्धारण गर्ने अधिकार प्रदान गरिएको हो।

संघीय संसदबाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ लाई राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेसँगै प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सेवा–सुविधासम्बन्धी ऐन, २०४९ मा महत्वपूर्ण परिवर्तन गरिएको हो।

advertisement

संशोधित कानुनमा पारिश्रमिकको निश्चित रकम तोकिएको छैन। त्यसको सट्टा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नयाँ तलब र सेवा–सुविधा तोक्ने व्यवस्था गरिएको छ। यसले अब मन्त्रीहरूलाई आफैंले मन्त्रिपरिषद्‍को निर्णयमार्फत आफ्नो तलब निर्धारण गर्ने बाटो खोलिदिएको छ।

यो व्यवस्था लागू भएपछि मन्त्रीहरूका तलब र सुविधा समयअनुसार आफूखुसी समायोजन गर्न सकिनेछ, जसले सत्ता धारीहरूलाई थप अधिकार सम्पन्न बनाउने देखिएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com