काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय ३५ रुपैयाँ रहेको चाँदी आज २ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया