काठमाडौं । व्यक्तिगत विवरण (नाम, थर, उमेर आदि) नमिलेका कारण समस्यामा परिरहेका नेपाली नागरिकका लागि सरकारले एकपटकका लागि विवरण सच्याउन सक्ने कानुनी व्यवस्था गरेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन संशोधनपछि नागरिकले अब एकपटक स्थानीय पञ्जीकरण कार्यालयमा निवेदन दिएर विवरण सच्याउन सक्नेछन्। गृह मन्त्रालयले यसका लागि ढाँचासहितको नियमावली तयारीको अन्तिम चरणमा पुगेको छ।

advertisement

यसअघि २०७६ मा पारित ऐनले बालबालिकाको जन्म एक वर्षभित्रमा मात्र सच्याउन दिने व्यवस्था गरेको थियो, जुन २०७६ सालपछि जन्मिएका बालबालिकामै सीमित थियो। त्यसका कारण पुराना विवरण नजोडिँदा धेरै नागरिक सेवा सुविधा लिनबाट वञ्चित भएका थिए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार, नागरिकले एकपटकका लागि मात्र विवरण सच्याउने अनुमति पाउनेछन्। स्थानीय तहमा तोकिएको ढाँचामा निवेदन दिएपछि सो प्रक्रिया सुरु हुनेछ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com