स्याङ्जा । गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना भएको छ। बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–२ स्थित कल्भर्टमा कार ठोक्किएको हो।
पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले जानकारी दिए।
दुर्घटनामा सवार चारै जना यात्रु सामान्य छन्। गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको प्रहरीले जनाएको छ। अन्य यात्रुहरूलाई भने ठूलो चोटपटक लागेको छैन।
कारमा सामान्य क्षति पुगेको छ। गायक शर्मा सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा जाँदै थिए।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया