सप्तरी । हुलाकी राजमार्गको जीर्ण अवस्थाप्रति विरोध जनाउँदै सप्तरीका स्थानीयवासीले राजमार्गमै धान रोपेका छन्। वर्षौंदेखि अधूरो र बिग्रिएको सडक तत्काल मर्मत गर्न माग गर्दै स्थानीयले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका हुन्।

सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रअन्तर्गत पर्ने खण्डमा स्थानीयले सोमबार राजमार्गको बीच भागमै रोपाइँ गरेका थिए। लगातार पानी परेपछि सडक हिलोमय र जोखिमपूर्ण बनेको भन्दै उनीहरूले धान रोपेर सरकार र निर्माण कम्पनीको ध्यानाकर्षण गराएका हुन्।

advertisement

“हामीले खेतजस्तो सडक पाएका छौँ, अब खेती नै गर्ने हो,” प्रदर्शनमा सहभागी एक स्थानीयवासीले भने।

स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी र सर्वसाधारणसमेतको सहभागितामा भएको विरोध प्रदर्शनमा सरकारले पटक–पटक आश्वासन दिए पनि काम नगरेको भन्दै असन्तोष व्यक्त गरिएको छ।

हुलाकी राजमार्ग निर्माणको जिम्मा लिएका कम्पनीले समयमै काम नगरेको र सम्बन्धित निकायले अनुगमन नगरेको भन्दै प्रदर्शनकारीले छानबिन र कडा कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com