लण्डन, बेलायत । प्रवासी नेपाली एकता समाज (पानस) द्वारा बेलायतमा सुप्रसिद्ध भागवत कथावाचिका ‘भागवत मञ्जरी’ राधिका दासीलाई बेलायतमा श्रीमद्भागवत कथा तथा सत्संगका लागि विशेष स्वागत गरिएको छ।

अगस्ट १ देखि ७ तारिखसम्म आयोजित श्रीमद्भागवत सप्ताह कार्यक्रम अन्तर्गत Aldershot (Hampshire), Plumstead (London), र Birmingham (Midlands) लगायत विभिन्न स्थानमा धर्मिक सभाहरू हुने कार्यक्रम रहेको छ।

advertisement

कार्यक्रममा पानसका अध्यक्ष श्री सोनाम शेर्पा सहित अन्य पदाधिकारी तथा सक्रिय सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। स्वागत कार्यक्रमलाई आत्मीय र भव्य बनाउँदै उपस्थित समुदायलाई आध्यात्मिक ऊर्जा दिने प्रयास गरिएको थियो।

राधिका दासी सनातन हिन्दू धर्मको प्रचार–प्रसारमा समर्पित एक प्रेरणादायी व्यक्तित्व हुन्। उनको वाणीबाट प्रवाहित श्रीमद्भागवत कथा र सत्संगले बेलायतवासी नेपाली समुदायमा धर्म, भक्ति र अध्यात्मप्रतिको रुचि थप बढाएको छ। कार्यक्रममा उनले मानव जीवनको उद्देश्य, भक्तिको महत्व र नैतिक मूल्यहरूको संरक्षणमा सनातन संस्कृतिको योगदानबारे अमृतमय प्रवचन गरेकी थिईन्।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com