कालिकोट । कालिकोटमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्, जसमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
खाँडाचक्र नगरपालिका–१०, गोलुवा बाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०९७६ नम्बरको जिप बिहान करिब साढे ८ बजे गडमले खोलामा झन्डै १०० मिटर तल खसेको थियो।
जिपमा कुल सात जना सवार थिए। दुर्घटनाका बेला सहचालक र अर्का एक जना यात्रुले हाम फालेर ज्यान जोगाएका प्रहरी निरीक्षक गोविन्द चौधरीले जानकारी दिए।
घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल कालिकोटमा उपचारका लागि पठाइएको चौधरीले बताए।
दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुमानअनुसार तीव्र गति र सडक अवस्था जिम्मेवार हुनसक्ने देखिएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया