काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको प्रशिक्षणलाई मात्रात्मक भन्दा गुणस्तरीय बनाउन विशेष निर्देशन दिएकी छिन्।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद बैठकमा मन्त्री न्यौपानेले आधुनिक प्रविधि अपनाउँदै प्रशिक्षणलाई प्रविधिमैत्री, गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। उनले सेल्फ लर्निङ, इलर्निङ र कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधिको प्रयोगलाई अभिन्न भाग बनाउनुपर्ने बताइन्।

advertisement

मन्त्री न्यौपानेले प्रशिक्षणसँगै कर्मचारीहरूले स्थलगत रुपमा अध्ययन र अभ्यास गर्न सक्ने वातावरणको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन्।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपती, नेपाल सरकारका मुख्य सचिव, सम्बन्धित मन्त्रालयका सचिवहरू सहितका विभिन्न उच्चस्तरीय अधिकारीहरू उपस्थित थिए।

बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजना (२०७९/८०–२०८३/८४) को तेस्रो वार्षिक प्रगति समीक्षा, आव २०८१/८२ को वार्षिक प्रगति रिपोर्ट तथा आव २०८२/८३ को नीति, कार्यक्रम र बजेटमाथि समेत विस्तृत छलफल गरिएको थियो ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com