काठमाडाैं । नेकपा (एमाले) का सचिव लेखराज भट्टले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकमा भट्टले ओलीप्रति उच्च सम्मान व्यक्त गरे।

भट्टले ओलीलाई समर्थन गर्ने कुरालाई देवत्वकरण भन्न नमिल्ने बताए। उनले ओलीसँग अद्भुत क्षमता रहेको उल्लेख गर्दै भने, “ओलीलाई समर्थन गर्नु वर्तमान वस्तुस्थितिको परिणाम हो, कुनै व्यक्ति पूजा वा अन्धविश्वासबाट प्रेरित होइन। उहाँजस्तो मेहनती, सपना देख्ने र सक्रिय नेता नेपालमा अरू छैनन्।”

advertisement

उनले एमालेलाई वैचारिक र सैद्धान्तिक रूपमा कम्युनिष्ट आन्दोलनको केन्द्र बनाएको दाबी गर्दै पार्टीलाई शक्ति, संगठन र जनसमर्थनका आधारमा ‘एक नम्बर’ पार्टीको रुपमा रहेको बताए।

साथै, भट्टले एमालेभित्र केही समस्या विद्यमान रहेको स्वीकार गर्दै ती समस्याको सुधारका लागि सबै नेता तथा कार्यकर्तालाई सक्रिय भएर काम गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com