काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको जनसंख्या वृद्धि सम्बन्धी अभिव्यक्तिमाथि व्यंग्य गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले हालै प्रधानमन्त्री ओलीले ३० वर्षको उमेर नपुग्दै तीन सन्तान जन्माउन गरेको आग्रहलाई लक्षित गर्दै कटाक्षपूर्ण टिप्पणी गरेका हुन्।
नेपालले भने, “प्रधानमन्त्रीको सोच अनुसार १६ वर्षमै बच्चा जन्माए पनि खुशी हुने देखिन्छ, सायद पुरस्कार समेत दिन तयार होलान्।”
केही दिनअघि प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा ३० वर्ष उमेरभित्र तीन सन्तान जन्माउन आग्रह गरेका थिए, जसप्रति पूर्वप्रधानमन्त्री नेपालले आलोचनात्मक प्रतिक्रिया दिएका हुन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया