काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी फुटाउने औचित्यबारे गरेको टिप्पणीलाई लक्षित गर्दै कडा प्रतिक्रिया दिएका छन्।
शुक्रबार राजधानीमा आयोजित उद्योगी–व्यवसायी कार्यक्रममा माधवले भने, ‘मिडियामा पार्टीको बद्नाम गर्ने, विद्रोह गर्ने औचित्य छैन। तिमी केपी ओलीको सेवा गरेर बसेको भए हुन्थ्यो नि, किन हामीसँग आको?’ उनले आफूहरूले एमालेबाट छुट्टिने साहस गरेर ठिक काम गरेको बताए।
नेपालले संविधान उल्लंघन गर्ने परम्पराविरुद्ध विद्रोह गरी सडकमा आएर, अदालत गएर, राजनीतिक लडाइँ लडेका र सबै लडाइँमा जित हासिल गरेको उल्लेख गरे।
उनले पार्टी निर्णयलाई पार्टी हितमा, अनुशासन पालना गर्दै गरिनु पर्ने बताए र पार्टीको प्रतिष्ठा बढाउन सबैले लाग्नुपर्ने जोड दिए।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया