काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कठोर प्रश्न गर्दै निर्दोष दाबी गर्ने व्यक्तिले बिगो बराबरको रकम बुझाउने औचित्य के हो भनी प्रसंग उठाएका छन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले २ करोड ७४ लाख रुपैयाँको बिगो बराबरको बैंक ग्यारेन्टी अदालतमा बुझाउँदै थुनामुक्त भएर बाहिरबाट मुद्दा लड्न अनुमति मागेका थिए। यससँगै बस्नेतले सामाजिक सञ्जालमार्फत उनको कदममाथि प्रश्न गरेका हुन्।
‘निर्दोष’ भएको दाबी गर्ने रविजीले कुल बिगो बराबरको २ करोड ७४ लाख रुपैयाँको ‘नमागिएको’ बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब यथार्थमा प्रश्न उठ्छ। यदि तपाईँ निर्दोष हो भने यो बिगो किन तिर्ने? र यदि दोष स्वीकारेको हो भने, पीडितहरूलाई महिनौँसम्म अन्यायमा पारी सर्वोच्चसम्म पुनरावेदन र ‘प्रतिशोधको नाउँमा’ हस्ताक्षर सङ्कलनको नाटक किन रचियो?’
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया