जनकपुरधाम ।  लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा १,७०० पशुचौपायाको मृत्यु भएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, मधेस प्रदेशका अनुसार अहिलेसम्म ५२,६८६ पशुमा रोगको सङ्क्रमण देखिएको छ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये २३,७०९ पशु उपचारपछि निको भएका छन्। लम्पीस्किन लाग्दा पशुमा ज्वरो आउनु, शरीरमा घाउखटिरा देखिनु र घाँस–पानी खान नखोज्ने लक्षण देखिन्छ।

advertisement

रोग नियन्त्रणका लागि प्रदेशभर खोप अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। हालसम्म २,४५,००० पशुलाई खोप लगाइएको छ, जसमा २,३१,५१५ पशुमा विज्ञकेन्द्रमार्फत खोप लगाइएको हो। स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ र रौतहटमा ३,७०० पशुलाई खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com