काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको बताएका छन्। उनले उक्त निर्वाचन मोर्चाले जसरी पनि जित्नुपर्ने आवश्यकता औंल्याए।
संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारेको ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले थारु–मधेशीसहित सबै उत्पीडित समुदायको एकताको निम्ति मोर्चा गठन गरिएको बताए।
“यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो। यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने छ,” उनले भने। चौधरीले थारु भएकै कारण राज्यसत्ताबाट अन्याय र विभेद भोगिरहेको गुनासो पनि गरे।
कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले समेत सम्बोधन गरेका थिए। मोर्चाले देशव्यापी ‘जनजागरण अभियान’ सञ्चालन गरिरहेको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया