काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि आजदेखि सुरु भएको खेलाडी लिलामी (अक्सन) मा युवा ब्याटर देव खनाललाई चितवन राइनोजले सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।

श्रेणी ‘ए’ मा रहेका देवलाई किन्न चितवन र लुम्बिनी लायन्स दुवैले अधिकतम मूल्य लगाएपछि निर्णय गोलाप्रथाबाट टुङ्ग्याइएको थियो। यसमा चितवनले भाग्यमानी भूमिका खेलेको छ।

advertisement

देवको अधिकतम मूल्य १५ लाख र न्यूनतम मूल्य ५ लाख तोकिएको थियो।

त्यसैगरी, श्रेणी ‘ए’ का अर्का विकेटकिपर ब्याटर दिलीप नाथलाई लुम्बिनी लायन्सले १० लाख रुपैयाँमा खरिद गरेको छ।

आज दिउँसो ३:४५ बजेबाट सुरु भएको अक्सनमा आठ फ्रेन्चाइज टोलीहरूले खेलाडी अनुबन्ध गर्न प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले १५० खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरी अन्तिम सूची तयार पारेको छ।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com