काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैलाली कारागारमा कैदीहरूबीच भएको झडपबारे जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ।

सुदूरपश्चिम प्रदेशस्थित आयोगको धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र लेख्दै कैदीबन्दी अधिकार संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि गरिएको पहलहरूको प्रतिवेदन पनि माग गरेको छ।

advertisement

कारागारमा रहेका करिब ५९० कैदीबन्दीहरूको संयुक्त निवेदनपछि आयोगले कारागार भित्रको अवस्था र मानव अधिकार उल्लंघनका घटनामा गम्भीर ध्यानाकर्षण गरेको हो।

निवेदनमा प्रशासनसँग असहज सम्बन्ध, पारदर्शिताको अभाव, गैरकानुनी आर्थिक लेनदेन, लागुऔषध तस्करी, बाह्य व्यक्तिसँग अवैध सम्पर्क, मनमुटाव र मुठभेड, चौकीदार छनौटमा अनियमिता तथा रातारात कैदी स्थानान्तरणजस्ता गम्भीर आरोपहरू उल्लेख छन्।

विशेष गरी असार ३० गते राति प्रशासन र प्रहरी टोलीको उपस्थितिमा दुई सरकारी सवारीसाधनसहित स्थानान्तरणको प्रयासलाई कैदीहरूले धम्कीको रूपमा व्याख्या गरेको छ।

 

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com