काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजा चाहिन्छ भन्दा कोही पनि डराउनु नपर्ने भन्दै राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन्। यसका लागि मुलुकको वर्तमान शासनव्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

advertisement

उनले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकीय भूमिकामा राजा रहनुपर्ने दोहोराएका छन्। देशको बोझको रुपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरुलाई छानविनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताए।

उनले स्वतन्त्रताको नाममा अभिभावक बिहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरेका छन्।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com