काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा फसेका १३ जना नेपालीलाई सकुशल उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतीय प्रशासनले शुक्रबार उनीहरूको सुरक्षित उद्धार गरेको जानकारी दिएको हो।

उद्धार भएकामध्ये बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह (श्रीमान्–श्रीमती र छोरा), दिनेश र गंगा (श्रीमान्–श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही छन्।

advertisement

तीमध्ये तीन जना बाढीको समयमा हरिद्वार जाँदै गरेका थिए भने बाँकी उतै बसोबास गर्दै आएका थिए।

गत बुधबार दिउँसो आएको बाढीका कारण एक सयभन्दा बढी बेपत्ता भएका छन् भने कम्तीमा पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तरकाशी जिल्लाको धराली बजार सबैभन्दा बढी प्रभावित भएको छ।

धराली समुद्री सतहबाट करिब ३,१०० मिटर उचाइमा अवस्थित छ र यो चारधाम यात्रा मार्गको महत्त्वपूर्ण बिन्दु हो। यहाँबाट गंगोत्री मन्दिर करिब २० किलोमिटर टाढा पर्छ। सो क्षेत्रमा सुदूरपश्चिमका धेरै नेपालीहरू रोजगारीका लागि जाने गरेका छन्।

यस घटनामा कम्तीमा २२ जना नेपाली अझै बेपत्ता छन् र खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com