काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एक राजनीतिक दलको मात्र सीमित विषय नभई समग्र सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यक्रममा बोल्दै उनले सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सबै तह र वर्गका मानिस यस विषयमा सचेत र जिम्मेवार बन्न आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरू, राजनीतिज्ञ तथा सामाजिक आन्दोलनबीच सहकार्य र समन्वयको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धार निर्माण गर्न सकिन्छ।
देउवाले भने, “लैङ्गिक संवेदनशीलता कुनै दलको मात्र एजेन्डा होइन, यो सम्पूर्ण समाजको रूपान्तरणसँग जोडिएको मुद्दा हो। यसमा सबै मिलेर अघि बढ्दा मात्र समान अवसर, सुरक्षा र सम्मानको वातावरण तयार हुन्छ।”
कार्यक्रममा उनले पार्टीले लैङ्गिक संवेदनशीलताको सुझावहरूलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया