काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले दक्षिण एशियामा सार्कको महत्व रहे पनि हाल संगठन ‘कोमामा’ पुगेको बताए। “सार्क अब फर्कने हो कि होइन, ठेगान छैन,” यादवले भने।

advertisement

उनका अनुसार विगतमा सार्कमा आतंकवादविरोधी एजेन्डा समेत उठेको भए पनि आतंकवादी गतिविधि रोक्ने प्रभावकारी च्यानल अझै आवश्यक छ। उनले आतंकवादीको जड पहिचान गरी समयमै समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com