चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताएका छन्।
आइतबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारले गरेका कामको आलोचना गर्दा माओवादीलाई सत्ता चाहिएको जस्तो अर्थ्याउन खोजिएको भए पनि हाल सरकारमा जाने कुनै सोच नभएको स्पष्ट पारे।
उनका अनुसार माओवादी केन्द्रले भदौ तेस्रो साताबाट स्थगित अभियान पुनः सञ्चालन गर्ने र त्यसपछि केन्द्रीय समिति बैठकमार्फत नयाँ एजेन्डा अघि बढाउने योजना छ। “हाल सरकारभन्दा जनताको गुनासो सुन्नतर्फ ध्यान केन्द्रित गरेका छौँ,” उनले भने।
फरक प्रसंगमा प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्दै द्रुतगतिमा काम सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया