काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ माथि दफावार छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र समितिका सभापति सन्तोष चालिसेबीच चर्काचर्की भएको छ।

सांसद श्रेष्ठले विधेयकले सूचना प्रविधि (आईटी) क्षेत्रलाई पर्याप्त महत्व नदिएको भन्दै प्रश्न उठाउँदा बहस तनावपूर्ण बनेको हो। उनले विधेयकमा आईटी क्षेत्र समावेश गर्न जोड दिए।

advertisement

यसमा जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले विधेयकको सुरुवातमै ‘सूचना प्रविधि पार्क’ सम्बन्धी धारणा समेटिएको र यसले आईटी क्षेत्रलाई ध्यान दिएको बताएका छन्। उनले भने, “आईटीको कुरा यस विधेयकमा स्पष्ट रूपमा उल्लेख छ।”

सभापति चालिसेले विधेयकले वैकल्पिक स्रोतबाट पूर्वाधार निर्माणका लागि कोष स्थापना गर्ने प्रस्ताव गरेको बताए। निजी क्षेत्रको लगानी परिचालन गर्न र आर्थिक क्रान्ति ल्याउन यो कानून आवश्यक रहेको उनको भनाइ थियो। उनले समितिको छलफलमा सांसदहरूको कम उपस्थिति प्रति असन्तुष्टि पनि व्यक्त गरे।

सांसद श्रेष्ठले भने ठूलो विधेयकबारे व्यापक छलफल र जानकारिका लागि बैठकमा सांसदहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए। उनले सभापतिलाई अर्थमन्त्रीको शैलीमा जवाफ नदिन आग्रह गर्दै आफू जनता र पार्टीप्रति जवाफदेही भएकाले विधेयकबारे स्पष्ट हुनुपर्ने बताएका छन्।

यसैगरी, उनी कोरम नपुगेको अवस्थामा पनि बैठकमा आएर सहयोग गर्न प्रयासरत रहेको बताए। विवादकै बीच विधेयकको विषयमा थप छलफल र जानकारी आदानप्रदान आवश्यक रहेको देखिएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com