काठमाडौं । ललितपुरको ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा एकजना घाइते भएका छन् ।
ग्वार्कोस्थित बीएन्डसी अस्पताल अगाडि बुधवार बस पल्टिएर ट्याक्सीलाई किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको हो ।
बसमा यात्रुहरू नरहेको बताइएको छ ।
प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार
प्रतिक्रिया