काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालनमार्फत देशको विकास गतिलाई तीव्र बनाउनु आवश्यक रहेको बताएका छन्।
सोमबार अर्थ समितिमा भएको वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकको दफावार छलफलमा भाग लिँदै कार्कीले निजी क्षेत्रलाई समेटेर तयार पारिएको यस कानुन छिटो पास गर्न जोड दिएका हुन्।
उनले भने, “यो नयाँ सोचसहितको कानुन हो, जुन छिटोभन्दा छिटो समितिबाट पारित हुनु जरुरी छ। अहिले समितिमा भइरहेको ढिलाइले विकास योजनाहरूमा असर पुगेको छ।”
सांसद कार्कीले स्रोत अभावको समस्या हटाउन र निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोषको भूमिका महत्वपूर्ण हुने बताए। उनले विधेयकमा आवश्यक स्पष्टता र व्यवस्था समेटिएको पनि बताएका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया