काठमाडाैं । महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०/३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए।
बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उन को मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताए।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया