काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीलाई आफू सधैं ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रतिष्ठानको पदस्थापन तथा शपथ ग्रहण समारोहमा ओलीले ज्ञवालीको बौद्धिक क्षमता र वैचारिक गहिराइको प्रशंसा गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, “प्रदीप ज्ञवाली यस्तो व्यक्तित्व हो, जसलाई म पनि स्नेहपूर्वक ‘प्रदीप गुरु’ भन्छु।”

advertisement

ओलीले प्रतिष्ठानको कार्यक्षेत्र चुनौतीपूर्ण भए पनि ज्ञवालीको नेतृत्वमा यसलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे। उनले प्रतिष्ठानलाई अध्ययन, अनुसन्धान र गहन विचार–मन्थनको केन्द्र बनाउन योजनाबद्ध रूपमा लाग्न निर्देशन दिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनिर्वाचित अध्यक्ष ज्ञवालीलाई पद तथा गोपनीयताको सपथ गराए। केही दिनअघि सम्पन्न साधारणसभाबाट ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com