काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्ने अदालतको अस्वीकृतिपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन् । उनले संविधानले दिएको सम्पूर्ण अधिकारको संरक्षण गर्दै लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
निकिताले लेखेकी छन्, “म थाकेको छैन, म हार मान्ने छैनँ । संविधानले दिएका हरेक अधिकारमा टेकेर दृढताका साथ संघर्ष गर्नेछु । यो सरकारको साँधिएको प्रतिशोध र अन्यायविरुद्ध निरन्तर आवाज उठाउनेछु । मेरो श्रीमानले न्याय नपाउनेसम्म यो लडाइँ जारी रहनेछ ।”
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया