काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी अनुशासन विपरीत अभिव्यक्ति नदिन नेताकार्यकर्तालाई निर्देशन दिएको छ।

मंगलबार जारी निर्देशमा पार्टीले सार्वजनिक रूपमा वा सामाजिक सञ्जालमार्फत विधि र पद्धति उल्लङ्घन हुने किसिमका टीकाटिप्पणी नगर्न आग्रह गरेको हो।

advertisement

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीको छवि र एकता प्रभावित हुने गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गर्दै भने, “केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा फरक धारणा वा सुझाव आफ्नै सङ्गठित कमिटीको बैठकमा राख्नुपर्छ।”

हालै अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच आरोप–प्रत्यारोप चलेको घटनापछि पार्टीले यो निर्देशन सार्वजनिक गरेको हो।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com