काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

ललितपुरमा आज आयोजित कार्यक्रममा उनले जलवायु–स्मार्ट कृषि प्रविधि, बीउबिजन तथा अनुसन्धानमा लगानी, कृषक उद्योग–बजार एकीकृत प्रणाली, वित्तीय समावेशीकरण, सहुलियत ऋण, बीमा, कृषक कोष र स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरू मार्फत कृषिको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए।

advertisement

उनले नेपालको पहाडी र पर्वतीय कृषि अनुभव विश्व समुदायका लागि जलवायु अनुकूलन र समुदाय–आधारित दृष्टिकोणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे। साथै, साना किसानलाई अन्तर्राष्ट्रिय बजारमा समान पहुँच दिलाउन कृषि उपजमा कर प्रणालीमा लचकता अपनाउने र न्यायसंगत व्यापार अवसरको वकालत गर्नुपर्नेमा जोड दिए।

मन्त्री अधिकारीका अनुसार, नेपालमा पारिवारिक तथा साना किसानलाई प्राथमिकता दिने नीति निर्माण, सर्वोत्तम अभ्यास आदानप्रदान र क्षेत्रीय साझेदारी अपरिहार्य छन्। उनले पारिवारिक खेतीलाई समावेशी ग्रामीण रूपान्तरणको प्रमुख आधार, जलवायु परिवर्तनबीच दिगो विकासको स्तम्भ र राष्ट्रिय समृद्धिको प्रमुख आधार बनाउन प्रतिबद्धता दोहोर्याए।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com