बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा साउन ३० र ३१ गते दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।

रास्वपा लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरेका अनुसार कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णीम वाग्ले, प्रवक्ता मनिष झा र पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रशिक्षण दिनेछन्। प्रशिक्षणका विषयमा पार्टीको सबलीकरण, रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन र सदस्य वृद्धि लगायतका मुद्दा रहनेछन्।

advertisement

कार्यक्रममा प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समिति पदाधिकारी र प्रदेश विभागका सदस्यहरू सहभागी हुनेछन्। तयारी अन्तिम चरणमा पुगेको घिमिरेले जानकारी दिएका छन्।

 

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com