काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएपछि उनका आफन्तहरूले प्रदर्शन गरेका छन्। कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर गरी २५ वर्ष कैद सजाय पाएका २८ वर्षीय राहुल साहको निधन भएपछि आफन्त आक्रोशित भएका हुन्।

नारायणी उपक्षेत्रीय अस्पताल अगाडि आफन्तहरूले टायर बालेर विरोध प्रदर्शन सुरु गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिले प्रदर्शनकारीसँग संवाद चलिरहेको छ।

advertisement

एसपी मिश्रले बताएअनुसार, मंगलबार बिहान राहुल एक्सरसाइज गर्ने क्रममा वान्ता गरी अचानक बेहोस भएका थिए। उनलाई तत्काल अस्पताल लगिएको भए पनि उनको निधन भएको छ।

उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि आफन्तहरूले कारागार प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको आरोप लगाएका छन्। प्रहरीले घटनाको थप छानबिन गरिरहेको छ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com