काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२२ अंकले घटेर ०.९२ प्रतिशतले कमी आइरहँदा परिसूचक २७९६.२४ विन्दुमा पुगेको छ।
बजार बन्दसम्म कुल ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ।
दिनभर ३२३ कम्पनीको शेयर कारोबार हुँदा २४ कम्पनीको मूल्य बढेको र २२५ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ।
होटल तथा पर्यटन समूहबाहेक अन्य सबै समूह राताम्य रहे।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया