काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मलको आपूर्ति व्यवस्थापन र उत्पादन वृद्धिका लागि तीन दिनभित्र ठोस योजना ल्याउन निर्देशन दिएका छन्।

सिंहदरबारमा मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा सम्बन्धित अधिकारीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले तीन बुँदे निर्देशन जारी गरेका हुन्।

advertisement

उनले रासायनिक मल आपूर्ति चुस्त बनाउन नयाँ ढाँचाको योजना तयार गर्न, कम्पोष्ट र अर्गानिक मल उत्पादन तथा प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन गर्न र यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।

यस्तै, माटोको उर्वरता जोगाउने गरी नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने सम्भाव्यता अध्ययनको खाका तत्काल तयार गर्न र किसानलाई लाभ हुने स्पष्ट कार्ययोजना तीन दिनभित्र पेस गर्न पनि उनले आदेश दिएका छन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com